२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङका तत्कालीन जिल्ला पञ्चायत सभापति भण्डारीको ८९ वर्षको उमेरमा निधन

ताप्लेजुङका तत्कालीन जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन भएको छ।

हाल झापाको शिवसताक्षी नगरपालिका वडा नं ९ निवासी भण्डारीको ८९ वर्षको उमेरमा आइतबार निधन भएको हो।

भण्डारी विक्रम संवत् १९९४ साल मंसिर ८ गते ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङमा जन्मिएका थिए। उनी राइटर मनप्रसाद भण्डारीका कान्छा छोरा हुन्।

ताप्लेजुङ जिल्ला पञ्चायतका तत्कालीन सभापतिहरूमध्ये उनी मात्र जीवित थिए। विक्रम संवत् २०३३ सालको निर्वाचनबाट ताप्लेजुङको तत्कालीन जिल्ला पञ्चायत सभापति रहेका भण्डारी निर्वाचित र कार्यवाहक गरी तत्कालीन जिल्ला पञ्चायतको ४ पटकसम्म सभापतिको जिम्मेवारीमा रहे।

सामाजिक र राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका भण्डारीलाई तत्कालीन राजा वीरेन्द्रले २०२९ साल वैशाख १ गते गोरखा दक्षिणबाहु प्रदान गरेका थिए।

बद्दिलो परिस्थिति र जनताको माग अनुसारको शासन व्यवस्था कार्यान्वयनमा आउनुपर्ने भनाइका पक्षपाती उनी सादगी जीवनका पर्याय मानिन्थे।

प्रकाशित: १८ श्रावण २०८३ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App