१८ श्रावण २०८३ सोमबार
image/svg+xml
अर्थ

नेप्से घटेपनि कारोबार रकममा वृद्धि

नेप्से परिसूचक सोमबार सामान्य अंकले घटेको छ। कारोबार हुने साताको पहिलो दिन सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.४९ अंक, फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले बढेको छ।

नेप्से घटेपनि कारोबार रकम भने गत शुक्रबारको तुलनामा ७२ करोडले बढेको छ। सोमबार ३४९ स्टकको ६३ हजार ६४८ पटकको कारोबारमा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत शुक्रबार नेप्सेमा ३ अर्ब ७५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।  

एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य १९६ रुपैयाँ ३० पैसा बढेर १ हजार ५०५ रुपैयाँ ६० पैसामा कारोबार भयो भने सप्तकोशी डेभलपमेन्ट बैंकको साढे ११ प्रतिशत र महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य भने सर्वाधिक ७.४० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको २७ करोड ६२ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो। रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको कारोबार रकम १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  

सोमबार १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। सोमबार बढ्नेमा बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूह रहेका छन्। बाँकी उपसमूहहरुको परिसूचक सामान्य घटेको हो।

प्रकाशित: १८ श्रावण २०८३ १६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App