२९ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेसले एआईसम्बन्धी कार्यक्रम गर्दै

नेपाली कांग्रेसले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) लाई नेपालको समग्र विकासमा उपयोग गर्ने विषयमा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ। 

नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गर्न लागेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा रहनेछ।

कार्यक्रम ‘नेपालको विकासको लागि कृत्रिम बुद्धिमत्ता : एक समग्र दृष्टिकोण’ शीर्षकमा आगामी आइतबार दिउँसो एक बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ। 

प्रकाशित: ६ श्रावण २०८२ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App