१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

२०२६ आइसिटि तथा फोटोनिक्स कार्यशाला गोष्ठी कोरियाली राजदूतद्वारा उद्घाटन

नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले बिहीबार काठमाडौंमा  आयोजित ‘२०२६ आइसिटि तथा फोटोनिक्स कार्यशाला गोष्ठी’को उद्घाटन गरेका छन्। नेपालमा पहिलो पटक आयोजना गरिएको यो गोष्ठीलाई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स संस्थानसँग सम्बद्ध बृहत सम्मेलनका रूपमा ऐतिहासिक महत्व दिइएको छ।

आइतबारसम्म सञ्चालन हुने चार दिने कार्यशाला रिसर्च एण्ड इनोभेसन सेन्टर नेपाल र नेपाल इन्जिनियरिङ कलेज (पोखरा विश्वविद्यालय)ले संयुक्त रूपमा आयोजना गरेका हुन्।  

गोष्ठीमा २०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, शिक्षाविद्, आविष्कारक र विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। सम्मेलनले अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै राजदूत पार्कले यस्तो ऐतिहासिक कार्यक्रम आयोजना गरेकोमा आयोजकहरूलाई बधाई दिए। उनले यसलाई नेपालको वैज्ञानिक तथा शैक्षिक समुदायका लागि गर्वको क्षण भएको उल्लेख गरे। सम्मेलनका अध्यक्ष प्रा. विकास नकर्मी तथा प्ब्क्ष्क्त् ग्लोबल डिजिटल इनोभेसन ग्राजुएट स्कुलका डीन प्रा. डा. सङ हुन हानलगायत सहकार्यमा आबद्ध सबैलाई उनले विशेष धन्यवाद ज्ञापन गरे।

राजदूत पार्कले गणतन्त्र कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा आयोजना भइरहेको ग्लोबल डिजिटल इनोभेसन एण्ड इम्प्याक्ट वर्कशप २०२६ को महत्वबारे प्रकाश पारे। उनले विज्ञान, प्रविधि र डिजिटल नवप्रवर्तन क्षेत्रमा नेपाल–कोरिया सहकार्य क्रमशः सुदृढ हुँदै गएको बताए। आइसिटी क्षेत्र दुई देशबीचको द्विपक्षीय सहयोगको प्राथमिक क्षेत्र रहेको उल्लेख गर्दै कोरिया सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (प्इक्ष्ऋब्) मार्फत नेपालमा आइसिटी पूर्वाधार र डिजिटल क्षमता विस्तारमा निरन्तर सहयोग गरिरहेको जानकारी दिए।

उनका अनुसार सिंहदरबारस्थित नेपाल सरकारको प्राथमिक डाटा सेन्टर तथा सरकारी एकीकृत डाटा सेन्टर कोरियाली सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको हो। जिआइडिसीमार्फत सार्वजनिक डाटा भण्डारण, व्यवस्थापन र ब्याकअप प्रणाली सुदृढ बनेको छ। साथै हेटौँडामा स्थापना गरिएको ब्याकअप सेन्टरले भूकम्प लगायत प्राकृतिक तथा मानवजन्य प्रकोपबाट डाटा सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

त्यसैगरी, करिब ८० लाख अमेरिकी डलर अनुदान सहयोगमार्फत कोइकाले नेपाल प्रहरीका लागि आधुनिक साइबर ब्यूरो स्थापना गरिरहेको जानकारी दिइयो। उक्त परियोजनाबाट नेपालको डिजिटल फरेन्सिक क्षमता अभिवृद्धि हुनुका साथै साइबर अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साइबर ब्यूरो सन् २०२६ को अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ।

राजदूत पार्कले सम्मेलनमा सहभागी युवा अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई डिजिटल युगका भविष्य निर्माता भन्दै क्ष्ऋत्, फोटोनिक्स, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल शासनको रूपान्तरणकारी भूमिकामा जोड दिए। उनले दिगो तथा समावेशी विकासका लागि प्राविधिक प्रगतिसँगै ठोस नीति र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपालसँग डिजिटल रूपान्तरण र नवप्रवर्तनमा सहकार्य जारी राख्ने कोरिया सरकारको प्रतिबद्धता दोहो¥याए।

प्रकाशित: २९ माघ २०८२ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App