हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। काठमाडौं नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार कम्पनीको सभा सम्पन्न गरेको हो।
सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको छ।
यस्तै सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको नियुक्ति र सञ्चालक दिपक नेपालको नियुक्तिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको आव २०८१/८२ को वित्तीय विवरण अनुमोदन गरेको छ भने सञ्चालक समितिको सिफारिस बमोजिम आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ।
प्रकाशित: २९ माघ २०८२ १२:०९ बिहीबार





