२५ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ। अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यसअघि उनले सो विधेयकमाथि दफाबार छलफलका लागि प्रस्ताव गरे। 

दफाबार छलफलमा भाग लिँदै सभाका सदस्य डा प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा र स्वास्थ्य सेवामा कर थप्न नहुने विषयमा आग्रह गरेका थिए।  

प्रकाशित: २५ असार २०८३ १५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App