२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सरकारी वेबसाइटहरू प्रयोगकर्तामैत्री बनाउन सांसद श्रेष्ठको माग

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले नेपाल डिजिटल रूपान्तरणको दिशामा अगाडि बढिरहेको भए पनि नागरिकले प्रत्यक्ष रूपमा प्रयोग गर्ने सरकारी वेबसाइटहरूको अवस्था कमजोर रहेको बताएकी छन्।

शुक्रबार संसद् बैठकमा बोल्दै सांसद श्रेष्ठले डिजिटल रूपान्तरणको अनुभूति गराउने प्रमुख माध्यम नै सरकारी वेबसाइटहरू भए पनि ती प्रयोगकर्तामैत्री र सुरक्षित नरहेको बताएकी हुन्। उनले धेरैजसो सरकारी वेबसाइटहरूले राम्रोसँग काम नगर्ने र तिनमा राखिएका नेपाली तथा अंग्रेजी भाषाको अनुवादको अवस्था समेत कमजोर रहेको जनाइन्।

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा डिजिटल रूपान्तरणको काम अगाडि बढिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने यस्ता सुधारलाई प्राथमिकता दिइयोस्।’

उनले पहिलो चरणमा सरकारी वेबसाइटहरूमा के-कस्तो सुधारको आवश्यकता छ भनेर मूल्यांकन (असेसमेन्ट) गर्न र चरणबद्ध रूपमा सुधार अगाडि बढाउन माग गरेकी छन्। डिजिटल प्लेटफर्महरूलाई अपांगतामैत्री (डिसेबिलिटी फ्रेन्डली) बनाउनुपर्नेमा जोड दिँदै उनले आधारभूत डिजिटाइजेसनको परिमार्जित रूपबाट सर्वसाधारणले सहज अनुभव गर्न सक्नुपर्ने बताइन्। 

प्रकाशित: २९ जेष्ठ २०८३ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App