१९ कार्तिक २०८२ बुधबार
image/svg+xml ०:९ पूर्वाह्न
राजनीति

मन्त्री अधिकारीले राजीनामा नदिए आन्दोलनमा उत्रिने चेतावनी

नेकपा (माओवादी केन्द्र) निकट चार जनसङ्गठनहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

मन्त्री अधिकारी सरकारभित्रको भूमाफिया संरक्षण, पद बिक्री र घुस प्रकरणका मुख्य पात्रका रूपमा चिनिएको आरोप लगाउँदै चार जनसङ्गठनहरूले बिहीबार (आज) विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन्। 

मन्त्री अधिकारी र उनका परिवार पोखराको लिचीबारी जग्गा काण्ड, रातो-निलो बोराको पैसा काण्ड, कर्मचारी सरूवा र आयोग पदाधिकारी नियुक्तिमा संलग्न रहेको प्रमाणसहित आरोप सार्वजनिक भइसकेको विज्ञप्तिमा उल्लेख छ। सङ्गठनले एउटै प्रकरणमा मुछिएका मधेसी समुदायका एक मन्त्रीको राजीनामा तुरुन्त मागिएको तर, अधिकारीलाई उन्मुक्ति दिइनुले सरकारभित्रको ब्राह्मणवादी सोच र विभेदपूर्ण व्यवहार उजागर भएको आरोप लगाएका छन्।

विज्ञप्ति जारी गर्ने जनसङ्गठनहरूमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाली र र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष अमर परियार छन्।

प्रकाशित: २२ श्रावण २०८२ १९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App