शिक्षा मन्त्री महावीर पुनले चुनावको प्रसार–प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन-पाठन नछोड्न शिक्षकहरूलाई अनुरोध गरेका छन्। संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने तर विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्न पनि नपाइने उनले बताए।
‘अब फागुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनैतिक पार्टीहरूको संरक्षणमा विद्यालयहरू र विश्वविद्यालयहरूको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरूको भविष्य सँग खेलबाड गर्न पाइने छैन।’
उनले यो कोही कसैलाई लक्षित गरेर भन्दा पनि समग्र शिक्षा क्षेत्रको लागि अनुरोध गरेको बताए। यसमा कोही आत्तिने र मात्तिने जरुरी नरहेको पनि उनले बताए। ‘नबिराउनु नडराउनु’ उनले लेखेका छन्।
प्रकाशित: २४ कार्तिक २०८२ ०८:१८ सोमबार





