म्याग्दी क्षेत्र नम्बर-१ का उम्मेदवार एवं पुर्वमन्त्री महावीर पुनले चुनाव जित्नकै लागि आफूले मतदातासामु लम्पसार पर्ने वा खुट्टा ढोग्ने काम नगर्ने बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँगको भेटघाटका क्रममा पुनले परम्परागत शैलीमा भोट नमाग्ने स्पष्ट पारेका हुन्। उनले आफूले केही गर्न सक्छु भन्ने विश्वास लागे मात्र मत दिन मतदाता समक्ष आग्रह गरे।
उनले भने, ‘मलाई भोट देऊ, मलाई जिताऊ भनेर ढोग्न र लम्पसार पर्ने काम मबाट हुँदैन। यदि म काम गर्न सक्छु भन्ने विश्वास लाग्छ भने भोट दिनुस्, लाग्दैन भने नदिनुस्।’
शिक्षा मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका पुन यतिबेला आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर घरदैलो तथा प्रचारप्रसारमा व्यस्त छन्।
प्रकाशित: १४ माघ २०८२ १६:२८ बुधबार





