पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगसमक्ष पनि बयान दिएका छन्। आइतबार आयोगका कार्यालयमा पुगेर उनले बयान दिएका हुन्।
बयान दिने क्रममा उनी त्यहाँ साढे दुई घण्टा बसेका थिए। आयोगकी सदस्य लिली थापाले ओलीसँग बयान लिएकी थिइन्। त्यसक्रममा ३५ वटा प्रश्न सोधिएको र ओलीले पनि ती प्रश्नको जवाफ दिएको बताइएको छ।
प्रकाशित: २१ पुस २०८२ ०७:२४ सोमबार





