२३ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

हर्क साम्पाङको फेसबुक पेज फिर्ता

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गर्ने आशयको स्टाटस लेखेपछि फेसबुकको कारबाहीमा परेको उक्त पेज हाल फिर्ता भएको हो।

गत बिहीबार दिउँसो काठमाडौं ओर्लिएपछि सांसद साम्पाङले आफ्नो पेजमा ‘काठमाडौंको यलम्बर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरियो’ भन्दै पोस्ट गरेका थिए।

सो पोस्टपछि फेसबुकले आफ्नो कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै पेज सस्पेन्ड गरेको थियो।

१४ लाखभन्दा बढी फलोअर रहेको ‘हर्क साम्पाङ ए रिभोलुसन’ नामक उक्त पेज बिहीबार दिउँसोदेखि नै बन्द अवस्थामा थियो।

केही दिनको प्राविधिक परीक्षण र अपिलपछि फेसबुकले उक्त पेजमाथिको प्रतिबन्ध फुकुवा गरेको हो।

प्रकाशित: ९ वैशाख २०८३ २१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App