६ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

सरकार विकास कार्यलाई द्रूत गतिमा बढाइ रहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास कार्यलाई द्रूत गतिमा बढाइ रहेको बताएका छन्। 

शुक्रबार महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरमा रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर सडक शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले मधेसमा यसको अनुभूति हुने गरी कामअघि बढेको जिकिर गरे।

'सरकार विकास कार्यलाई द्रूत गतिमा बढाइ रहेको छ,' प्रधानमन्त्रीले भने, 'मधेसमा यसको अनुभूति हुने गरी कामअघि बढेका छन्।'

मधेसका रौतहट, सर्लाही र महोत्तरी जिलाको सिँचाइ प्रबन्धका लागि सुनकोशी मरिन डाइभर्सनको कामअघि बढेको प्रधानमन्त्रीले उल्लेख गरे। यसैगरी पूर्वी मधेसका जिल्लाको थप सिँचाइ प्रबन्धका लागि सुनकोशी कमला डाइभर्सनको काम बढाइने उनको भनाइ छ।

प्रकाशित: ३१ श्रावण २०८२ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App