नेकपा एमालेका नेता गोकुल बास्काटाले मकवानपुर क्षेत्र नं २ बाट एमाले उम्मेदवार महेश बर्तौलाले सानदार जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। चुनाव प्रचार अभियानका क्रममा मकवानपुर पुगेका नेता बास्काटाले थाहानगरतर्फ जाने क्रममा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत यात्रा अनुभव सुनाउँदै राजनीति र प्रकृतिबीचको दृष्टिभ्रमलाई रोचक ढंगले प्रस्तुत गरेका छन्। ‘अग्लो ठाउँबाट परको हिमाल आफूभन्दा होचो र धुम्मैलो देखिन्छ, अझ तलको थानकोट चन्द्रमाको क्रेटरजस्तै लाग्छ।'
उनले मानिसहरूलाई समेत टाढाबाट हेर्दा कमिलाजस्तै देखिने अनुभूति भएको उल्लेख गर्दै राजनीति र प्रकृतिको मिश्रित दृष्टिभ्रमको मज्जा फरक हुने बताए। यस्ताे अनुभूतिको बीचमा पनि नेता बास्काटाले मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको जित सुनिश्चित रहेको दाबी गरेका छन्। ‘तर महेश सानदार जित्नुहुन्छ,’ उनले स्पष्ट रूपमा उल्लेख गरे।
प्रकाशित: १८ माघ २०८२ ११:०९ आइतबार





