राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी छाड्नेलाई गाली गर्नुभन्दा छाड्नुको कारण खोज्नुपर्ने बताएका छन्। सन्तोष परियारले पार्टी छाडेपछि फेसबुकमा अभिव्यक्ति दिँदै नेता कार्कीले यस्तो प्रस्ताव गरेका हुन्।
‘सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भए पछि छोड्यो भन्ने होला अब,’ कार्कीले लेखेका छन्, ‘अस्ति सुमनाले छोड्दा त त्यस्तो नियम बनाएकै थिएन त, किन छोडिन्?’
यो पनि पढ्नुहोस्
सन्तोषले पार्टी छाडे लगत्तै गणेशको आक्रोश:..दुस्मन देखेपछि दुर्घटनामा पर्छ–पर्छ
यस्तै उनले सांसद नै नभएका केन्द्रिय सदस्य डा. प्रभात अधिकारी र हरीकुमार आचार्यले पार्टी छोडेको विषयमा पनि कार्कीले प्रश्न गरेका छन्। ‘तिनले के नपाएर छोडे? अब प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने?,’ कार्कीले प्रश्न गरेका छन्।
पार्टीभित्र समस्या रहेको र ती समस्याको समाधान खोज्नुपर्ने कार्कीले उल्लेख गरेका छन्। ‘जानेलाई लगाउने आरोप होइन, छोड्नुको कारण खोजौँ। सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौँ,’ कार्कीले अगाडि लेखेका छन्।
प्रकाशित: २८ कार्तिक २०८२ १६:५५ शुक्रबार





