राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा ठुलो विवादको संकेत देखिएको छ। शुक्रबार मात्रै पार्टीका निवर्तमान सांसद एवं विघटित प्रतिनिधिसभामा दलको प्रमुख सचेतक रहेका सन्तोष परियारले साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका छन्। उनले महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाइसकेका छन्।
परियारले पार्टी छाडे लगत्तै अर्का रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीको पनि असन्तोष भरिएको अभिव्यक्ति आएको छ। कार्कीले फेसबुकमा स्टाटस राखेर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्।
यो पनि पढ्नुहोस्
सन्तोष परियारले किन छाडे रास्वपा?
उनले भनेका छन्, ‘समस्याहरू गल्छी भन्दा गहिरा छन्। खतराको झन्डा उठाउनेलाई नै दुस्मन देखेपछि दुर्घटनामा त पर्छ–पर्छ।’
सँगै उनले अर्को प्रकृति बाँधेर पनि अभिव्यक्तिलाई जोडेका छन्। ‘भन्छन् नि–जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर,’ कार्कीले अगाडि लेखेका छन्।
प्रकाशित: २८ कार्तिक २०८२ १५:२६ शुक्रबार





