१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

डा कोइरालाले कांग्रेसका नेतासँग गरे छलफल

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक समस्या र पार्टी एकढिक्का बनाउने बिषयमा आज पार्टीका विभिन्न तहका नेताहरुसँग छलफल गरेका छन्। 

बिशालनगर स्थित आफ्नो सम्पर्क कार्यलयमा कोइरालाले बोलाउनुभएको छलफलमा नेताहरु धनराज गुरुङ, बलबहादुर केसी, बद्री पाण्डे, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं, मिनेन्द्र रिजाल, किरण पौडेल, पदमनारायण चौधरी, नैनसिंह महर, किरण यादव, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत, जीवन परियार, दिलेन्द्र बडु, डा गोविन्दराज पोख्रेल, बिष्णु सापकोटा र रञ्जित कर्ण लगायतको सहभागीता रहेको रहेको थियोे। 

यसअघि कोइरालाले भाद्र १४ गते डा शशांक कोइराला र भाद्र १५ गते शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको समस्या समाधानका बारेमा कुराकानी गरेका थिए।  

प्रकाशित: १६ भाद्र २०८३ १६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App