अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको क्षेत्रमा नेपाली सेनाको उद्धार टोली प्रवेश गरेको छ। स्थलगत रूपमा खोजी तथा उद्धारका लागि पुगेका पत्रकार जसिन्द्र श्रीपालीले सामाजिक सञ्जालमार्फत उद्धार टोली हेलिकप्टरबाट घटनास्थल पुगेको जानकारी दिएका छन्।
श्रीपालीका अनुसार सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलमा प्रवेश गरेको हो। उनी पनि सञ्चारकर्मीका रूपमा आफ्नो जिल्लाका सुरुङमा फसेका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन पाँच दिनदेखि धुन्चेमा रहँदै आएका छन्।
घटनास्थलमा उद्धार टोली पुगेपछि आजदेखि खोज तथा उद्धारको काम सुरु हुने भएको छ। सम्पर्कविहीन परिवारका सदस्य तथा आफन्तहरू उद्धारको पर्खाइमा रहेका बेला नेपाली सेनाको टोली घटनास्थल पुगेपछि उद्धारको आशा बढेको छ।
प्रकाशित: १६ भाद्र २०८३ १०:५५ मंगलबार





