कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले पार्टीभित्र विभिन्न आरोह अवरोध भए पनि अब नेपाली कांग्रेसका कार्यकर्ताले रुख मै भोट हाल्न पाउने अवस्था बनेको र यो नेपाली कांग्रेसका लागि गौरवको विषय भएको बताए ।
उनले भने, ‘पार्टीभित्र धेरै उत्तारचढाव भए होलान् । यी विषय समयसँगै साम्य बनाउँदै लैजानुपर्छ । यसमा हामी सबै लाग्नुपर्छ । तर खुसी र गौरवको विषय के हो भने अब १६५ निर्वाचन क्षेत्रमै नेपाली कांग्रेसले रुख चिन्हमा भोट हाल्न पाउँनेछन् । यो हामी सबैले गौरव गर्नुपर्ने विषय हो ।’
प्रकाशित: ९ माघ २०८२ १६:१० शुक्रबार




-600x400-wm.jpg)
