१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २३:३७ अपराह्न
राजनीति

कांग्रेससँग ईतिहास मात्र होइन भविष्य हाक्ने क्षमता पनि छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेससँग गौरवपूर्ण इतिहाससँगै देशलाई आर्थिक, सामाजिक रूपमा अघि बढाउन सक्ने क्षमता रहेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताए ।  

उनले अबको कार्यभार आर्थिक समृद्धि रहेको भन्दै त्यसका लागि सुदृढ कांग्रेस बनाउनुपर्नेमा जोड दिए ।  

पार्टीलाई संस्थागत रूपमा चलाउनुपर्नेमा आफूले जोड दिँदै आएको भन्दै सिंहले पार्टी नेतृत्व र कार्यकर्ताले आफ्नो ऊर्जा संगठन सुदृढ बनाउनका लागि लगाउन आग्रह गरे । नेता सिंहले पार्टीमा लागेर पार्टीबाट लिने भन्दा देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनुपर्ने पनि धारणा राखे ।  

'राजनीतिक नेतृत्व मात्र होइन आउने दिनमा आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले गर्नुपर्नेछ,' उनले भने ।  

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले अहिलेको गठबन्धन परिस्थितिको उपज रहेको दाबी गरे । 

प्रकाशित: १९ श्रावण २०८२ १५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App