२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले माग्यो राष्ट्रिय सभा अधिवेशन

नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गर्दै कांग्रेसले अधिवेशन आह्वानका लागि दबाब दिएको हो ।  

कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले आइतबार राष्ट्रिय सभा अध्यक्ष दाहाललाई भेटेर बैठक बोलाउन माग गर्ने कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराएका हुन् ।  

गत पौष १० गते बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न अध्यक्षलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।  

भेटमा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, बिष्णु सापकोटा र पदम परियार लगायतका सहभागी थिए । 

प्रकाशित: १३ पुस २०८२ १५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App