हेल्प नेपाल स्पोर्ट्स क्लब जारी नवौँ एनभिए महिला तथा पुरुष च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)मा सम्पन्न खेलमा मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको हो।
पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेटममा पनि २५- १९ ले नतिजा आफनो पक्षमा बनायो।
त्यस्तै , तेस्रो सेटमा २५- २२ ले मणिमुकुन्दलाई पराजित गर्दै नतिजा आफनो पक्षमा बनायो।
प्रतियोगितामा २० टोली सहभागी छन्।
प्रकाशित: १३ पुस २०८२ १५:४६ आइतबार





