२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

भीम रावल भन्छन्ः एमालेको ‘मिसन ८४ पतन ८४’ को बाटोमा

नेकपा एमालेका पूर्व नेता भीम रावलले आफूलाई नसच्याए एमालेको  ‘मिसन ८४ पतन ८४’ मा परिणत हुने बताएका छन्। नेकपा एमालेमा अध्यक्षको विरोध गर्नेलाई  निषेध गरिँदै आएकोले  यस्तैरहे स्वयं  एमालेनै निषेधको बाटोमा पुग्ने उनले सुनाए। आउँदै गरेको विधान अधिवेशनमार्फत  विगतका त्रुटिलाई सच्याउन तयार भए त  ठिकै हो,’ एक टेलिभिजन अन्तरवार्तामा रावलले भने, ‘ढिलो गरे एमालेले भन्ने गरेको मिसन ८४ पतन ८४ मा परिणत हुने छ ।’  

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको आफूलाई सहज हुने कुरामा मात्र ध्यान दिने गरेको आरोप लगाए। विगतमा विद्या भण्डारीलाई राजनीतिमा आउन कसैले नरोक्ने बताउँदै आएका ओलीले अहिले आएर विद्यालाई बन्देज लगाउन खोजेको बताए। 

‘यो त देखिएका एउटा  उदाहरण मात्र हो,’ उनले भने, ‘मुलुकभर विभिन्न ठाउँमा उनका विरोधमा उठेका आवाजलाई दबाउने प्रयास गरिँदै छ।’  यी सबै विरोधका आवाज एकै ठाउँमा भेला भएको दिन एमालेलाई मुश्लिक हुने उनले सुनाए।

प्रकाशित: १३ भाद्र २०८२ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App