२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

राजनीतिमा लाग्नु अघि मेरो पहिलो प्राथमिकता साहित्य नै थियो : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू राजनीतिमा लाग्नु अघि आफ्नो पहिलो प्राथमिकतामा साहित्य नै भएको बताएका छन्।

साहित्यकार तथ कवि बाबा बस्नेतका तीन कृति रङ्गीन घरहरू (कथा), ढुङ्गामा आकार (कविता) र आवाज (श्रव्य नाटक सङ्ग्रह) को बुधबार काठमाडौंमा विमोचन गर्दै उनले सक्रिय राजनीतिमा आउनुअघि आफ्नो कला साहित्यप्रति गहिरो लगाव रहेको बताए। उनले साहित्य र कला संस्कृति मानव जीवनको प्रभावशाली पक्ष भएको बताए।

'साहित्य, कला व्यक्तिको जीवन र सामाजिक जीवनको प्रभावशाली र संवेदनशील क्षेत्र हो, राजनीतिमा लाग्नु अघि मेरो पहिलो प्राथमिकता साहित्य नै थियो,' अध्यक्ष दाहालले भने, 'पहिलो पटक प्रधानमन्त्री भएपछि कला, संस्कृति र खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भनेर यस क्षेत्रको विकासमा सक्दो प्रयास गरेँ।'

हाल मुलुकको राजनीति अस्थिर र संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले राजनीतिलाई सही ट्रयाकमा ल्याउन आफूले भूमिका खेलिरहेको बताए।

प्रकाशित: ५ भाद्र २०८२ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App