६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कुलिङ पिरियडबारे खतिवडाको बयान: कर्मचारीको विश्वासमा पर्दा गडबडी भयो

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको त्रुटिका सम्बन्धमा कर्मचारीको विश्वासमा पर्दा गडबडी भएको बयान दिएका छन्।

बुधबार (आज) छानबिन समितिमा बयान दिँदै खतिवडाले त्यसरी त्रुटि हुनेबारे आफूहरूले नसोचेको बताए। 'राज्यव्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रुपमा कुलिङ पिरियड राख्ने निर्णय गरेको थियो। त्यसलाई तोडमोड र खण्डित गर्नेगरी उपदफा थपिएला भन्ने लागेको थिएन। कर्मचारीको विश्वासमा पर्दा गडबडी भयो,' उनले भने।

खतिवडा नेतृत्वको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयकमा अवकास भएका कर्मचारीले संवैधानिक नियुक्ति पाउन २ वर्ष अवधि पर्खनुपर्ने व्यवस्था गरेको थियो। तर, समितिको प्रतिवेदन प्रतिनिधि सभाबाट पारित भएपछि कुलिङ पिरियडसँग बाझिने गरी पुरानो विधेयकको व्यवस्था कायमै राखिएको विषय सार्वजनिक भएको थियो।

सांसदहरूले यो विषयलाई गम्भीर अपराध भन्दै छानबिनका लागि माग गरेका थिए। त्यसपछि नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा समिति बनेको हो। समितिले अहिले त्यसका सम्बन्धमा छानबिन गरिरहेको छ। त्यसैअन्तर्गत सुरुमा सभापति खतिवडाकै बयान लिएको हो।

त्यसो सतिमिले आफू दोषी देखिए भागीदार बन्ने उद्घोष गरिसकेका छन्। सांसदहरूले सभापति खतिवडा नै जिम्मेवार हुनुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: ३२ असार २०८२ १७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App