७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनमा भोट नदिएका केन्द्रीय सदस्य र नेतालाई कारबाही गर्छौ : पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट नदिएका केन्द्रीय सदस्य र जनवर्गीय संगठनका नेताहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा विहीबार आयोजित बैठकमा प्रचण्डले भनेका छन्, ‘५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको जनरल रिपोर्ट आएको छ। कसले  भोट हालेन, को घण्टीतिर गएको, त्यो रिपोर्ट तपाईंहरूले दिनैपर्छ। तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन।’ 

साथै  पार्टी पुनर्गठनको सुरुवात यहीँबाट हुने बताउँदै उनले  कारबाही सबैभन्दा पहिला केन्द्रीय सदस्यबाट सुरु हुने  बताएका छन् । ‘ठोस रिपोर्ट ल्याउनुहोस्, कसले हालेन, को घण्टीतिर गएको देखियो, तिनलाई आँखा चिम्लेर कारबाही गर्छौं,’ उनले भने । 

जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दुई दर्जन बढी कम्युनिस्ट घटक एकता गरी गठन गरिएको नेपाली कम्युनिस्ट पार्टीले सार्वजनिक रूपमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्य राखेको थियो। तर फागुन २१ को निर्वाचनमा रास्वपाले १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी मात्र ८ सिटमा सीमित भएको छ । 

प्रकाशित: ६ चैत्र २०८२ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App