८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुकुम्बासी बस्तीमा डोजर चलाउनु हुँदैनः प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्बासी बस्तीमा डोजर चलाउनु नहुने बताएका छन्।  

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका नेता सिंहले काठमाडौंको सुकुम्बासी बस्तीमा डोजर चलाउनु नहुने बताएका हुन्।  

उनले आइतबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी बस्ती हटाउन अमानविय रुपमा जबरजस्ती गर्नु नहुने बताए। सरकारले सुकुम्बासीहरुको समस्या समाधान गर्नका लागि सरकारले भूमि आयोग गठन गरेको उल्लेख गर्दै सो आयोगको प्रतिवेदन आएपछि सरकारले बनाउने नीति, कार्यक्रम लागू गराउन आफू प्रतिवद्ध रहेको उनकाृ भनाइ छ।  

नेता सिंहले अव्यवस्थित बसोवास हटाउने हो भने सरकारले निश्चित कार्यक्रम ल्याउनुपर्ने बताए। उनले अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सरकार र सुकुम्बासीहरु दुवै पक्षलाई सहज हुनेगरी काम गर्नुपर्ने बताए। 

प्रकाशित: २७ कार्तिक २०७९ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App