९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प छैनः प्रकाशमान सिंह

फाइल तस्बिर।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नभएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना गरेको भन्दै देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताए। उनले राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरे।

राजनीतिक स्थिरता र स्थायित्व, संविधानको कार्यान्वयनको लागि गठबन्धन हार्नु नहुने उनको भनाइ थियो। उनले भने, ‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ। अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ, राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ।’ 

प्रकाशित: ४ कार्तिक २०७९ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App