१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदीय छानबिन समिति: पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ सुरु

फाइल तस्बिर

संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ सुरु गरेको छ। छलफलका लागि आज बिहान ८ बजे बोलाइएको बैठकमा शर्मा पुगेका छन्।  

बुधबार समितिले अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुईपत्रकारसँग छलफल गरेको थियो।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा बाहिरी व्यक्तिलाई प्रवेश गराएको आरोपमा छानबिन गर्न संसदीय छानबिन समिति बनेको हो।

संसदीय छानबिन समितिमा ११ सदस्य छन्। तत्कालीन अर्थमन्त्री शर्माले बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको थियो। आरोप लागेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित: ५ श्रावण २०७९ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App