१७ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

राप्रपा नेपाल संसदीय दलद्वारा ओलीलाई मतदान गर्ने निर्णय

काठमाडौं—राप्रपा नेपालको संसदीय दलको बैठकले प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्ने निर्णय गरेको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा केही बेरअघि बसेको बैठकले यस्तो निर्णय गरेको हो।

राप्रपा नेपालका २५ सांसद रहेका छन्।

'उत्साहित २५ सांसदहरु केही बेरमा संसद भवन जाने, प्रममा केपी ओलीलाई चुनौं', पार्टी सहप्रवक्ता माेहन श्रेष्ठले ट्विट गर्दै भनेका छन्।

प्रकाशित: २३ आश्विन २०७२ २३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App