३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सर्लाही र रौतहटमा १८६ मतदानस्थल अति संवदेनशील

सर्लाही र रौतहट जिल्लामा गरी १ सय ८६ मतदान स्थल अति संवदेनशील रहेको देखिएको छ। सर्लाहीमा १ सय ३ र रौतहटमा ८३ गरी दुवै जिल्लामा १८६ मतदान स्थल अति संवेदनशील भएको सम्बन्धित निकायको निष्कर्ष रहेको छ।

भारतसित सीमाना जोडिएका दुवै जिल्लामा अति सम्वदेनशील मतदान स्थलको संख्या बढी रहेको देखिएको हो। भारतसित सीमा जोडिएका विभिन्न पालिकाहरू र भूगोलको विकटता, यातायातको असुविधाका साथै चुरेसित जोडिएको स्थानलाई अति संवेदनशील मतदानस्थलको सूचीमा स्थानीय प्रशासनले राखेको छ।

भारतसित सीमा जोडिएका रौतहटको राजदेवी, गौर, इशनाथ, परोहा, बौधीमाई नगरपालिकाका साथै चुरेसँग जोडिएका चन्द्रपुर नगरपालिकासहित १४ पालिकामा गरी ८३ वटा मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्। रौतहटमा अति संवेदनशील ८३, संवदेनशील १ सय १९ र सामान्य ७४ मतदानस्थल रहेका छन्।

जिल्लामा २ सय ७६ मतदान स्थलमा ४ सय ७७ मतदान केन्द्र रहेको तथा गरुडा, माधवनारायण, गुजरा नगरपालिका र यमुनामाई गाउँपालिकामा मतदानस्थल अति संवेदनशिल मतदान स्थल नरहेको प्रजिअ शाहीले जानकारी गराएका छन्।

यसैगरी सर्लाही जिल्लामा १ सय ३ वटा मतदान स्थल अति संवेदनशील रहेको देखिएको छ। सर्लाहीको १ सय ३ अति सम्वेदनशील मतदान स्थलमा २ सय ५ मतदान केन्द्र रहेको जिल्ला प्रशाशन कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीका अति संवेदनशील मतदानस्थलहरू अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका छन्।

जिल्लामा १ सय ८४ वटा मतदान स्थल संवेदनशील छन्। संवेदनशील रहेका १ सय ८४ वटा मतदान स्थलमा ३ सय ३९ वटा मतदान केन्द्र रहेका छन्। सर्लाहीमा ३१ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ। ३१ वटा सामान्य मतदान स्थलमा ५५ वटा मतदान केन्द्र रहेका छन्। सर्लाहीमा ५ सय ४९ मतदान केन्द्रमा बैसाख ३० मा मतदान हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही र रौतहट दुवै ठाउँका अति सम्वेदनशील, सम्वदेनशील र सामान्य मतदानस्थलमा सुरक्षा चुनौतीलाई विश्लेषण गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइने भएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अहिलेदेखि नै सुरक्षा प्रबन्ध मिलाउने कुरामा सर्लाही सुरक्षा निकाय सतर्क रहेको बताएका छन्।

प्रकाशित: १८ वैशाख २०७९ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App