९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल बारको मतपरिणाम आउन ३ दिन लाग्ने

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान जारी छ।

काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट नेपाल बार एशोसिएशनको २६ औं केन्द्रीय कार्य समिति चयनका लागि मतदान भइरहेको हो। बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यहरुसहित २५ जनाको कार्य समिति चयन हुनेछ।

बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म हुनेछ। अपरान्ह ४ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले जानकारी दिइन्।

उनका अनुसार केही स्थानमा भने मतदान सकिएको छ भने धेरैजसो मतदान केन्द्रहरुमा ५० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ। निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिकाहरु काठमाडौंमा ल्याइनेछ।

त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिब ३ दिन लाग्ने अनुमान गरिएको पनि प्रमुख निर्वाचन अधिकृत पाठकले बताइन्। नयाँ कार्य समितिको नेतृत्वको लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुनेछ।

सो समूहहरु मध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्वमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।

प्रकाशित: १९ चैत्र २०७८ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App