२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेले एमसीसीबारे आफ्नो धारणा सदनभित्रै राख्छः योगेश भट्टराई

नेकपा (एमाले)का सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एमसीसीबारे एमालेले औपचारिक धारणा संसद्भित्र राख्ने बताएका छन्।

जिल्ला सदरमुकाम गाईघाट बजारमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, 'पहिला संसद् सामान्यरूपमा सञ्चालन हुने वातावरण सरकारले बनाउनुपर्छ तबमात्रै एमालेले आफ्नो औपचारिक धारणा सदनमा राख्छ।'

एमालेले एमसीसीको विषयमा सहयोग गर्नुपर्ने भए पहिला आफूहरूले सदन चल्नका लागि माग गरेका विषयलाई सरकारले सम्बोधनसहित संसद् सञ्चालन हुने वातावरण बनाउनुपर्ने र त्यसपछि मात्रै एमालेले आफ्नो धारणा स्पष्ट राख्ने भट्टराईले बताए।

बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकिए पनि सरकारले निर्वाचन तयारीका लागि कुनै काम सुरु नगरेका कारण समयमा निर्वाचन सम्पन्न नहुने आशङ्का रहेका कारण एमालेले यसमा खबरदारी गरिरहेको धारणासमेत राखेका छन्।

उक्त कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा पूर्व सहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा र जिल्ला पार्टी अध्यक्ष परमेश्वर घिमिरेको उपस्थिति थियो।रासस

प्रकाशित: १४ फाल्गुन २०७८ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App