७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीद्वारा कार्यकर्तालाई आग्रह

गृहमन्त्री खाँणले सञ्चारकर्मीलाई पनि एमसिसीबारे सत्यतथ्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसिसीबारे भ्रम फैलाएको बताए। उनले संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसिसीमै भएकै कुरा उल्लेख भएको स्पष्ट पारे।

आज दिउँसाे १ बजे प्रतिनिधिसभाकाे बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे।

एमसीसीमा अब थप राजनीति नहोस्ः विवेकशील साझा पार्टी

एमसीसी निहित राजनीतिक स्वार्थहरुका कारण प्रतिनिधिसभाबाट पारित भएको आरोप विवेकशील साझाले लगाएको छ।

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव

विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन्। बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरूमा सार्वजनिक सवारीका साधन चलेका छैनन्। फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । सहरका भित्री भागहरूमा भने अधिकांश पसलहरूखलेका छन्।

रोल्पामा बन्दले जनजीवन प्रभावित

बिप्लव नेतृत्वको नेकपा लगायत सात दलिय मोर्चाले आयोजना गरेको नेपाल बन्दका कारण रोल्पा जिल्लाका साना ठुला सबै बजारहरु सुनसान बनेका छन्। जिल्ला बाहिर र भित्र चल्ने कुनै सवारी साधन चलेका छैनन् भने शिक्षण सस्था पनि ठप्प छन्।

प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहमन्त्रीले दिए धन्यवाद

उनले सुरक्षाकर्मी साथी घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा पनि गरेका छन्। 'एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएका उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद दिएका हुन्।

एमालेले एमसीसीबारे आफ्नो धारणा सदनभित्रै राख्छः योगेश भट्टराई

नेकपा (एमाले)का सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एमसीसीबारे एमालेले औपचारिक धारणा संसद्भित्र राख्ने बताएका छन्।

एमसीसीविरुद्ध आज ३४ दलले विरोध प्रर्दशन गर्दै

दलहरूले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतीघरदेखि कोटेश्वरसम्म राखेका छन्। ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरु जुधेका छन्।

माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधको कार्यक्रमहरू राखेका छन्।

वानेश्वर आसपासको सुरक्षा व्यवस्था कडाः सवारी साधन डाइभर्ट

काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ। तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

आजै बिहान माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी अहिल्यै पास गर्न हतार नगर्न सुझाव दिएका छन्।

दिउँसो १ बजे संसद बैठकः एमसिसीमाथि छलफल हुने

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ।

एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्।

एमसीसी पास गर्न सत्ता पक्षलाई प्रतिपक्षको आवश्यकता छैनः ओली

उनले प्रमुख प्रतिपक्षीको भुमिकालाई नजरअन्दाज गरेका कारण एमालेले निर्णय गरिहाल्नुपर्ने अवस्था नभएको बताए। सोलुखुम्बूको खुम्बु पासाङल्हामू गाउँपालिका काठमाडौमा गरेको सम्मान कार्यक्रममा बोल्दै संसदमा एमालेले अध्यक्ष ओलीले सो धारणा राखेका हुन्।

सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण गरेकाेमा ओलीकाे आपत्ति

आइतबार एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको थियो भने सोको विरोधमा वानेश्वरको सडकमा आन्दोलन भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्