९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद् बैठक स्थगित

संसदका दुबै सदनका बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको बैठक माघ १६ गते बोलाइएको छ भने राष्ट्रियसभाको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ।

कोरोना संक्रमणको जोखिमका कारण भन्दै माघ ३ गते बोलाइएको प्रतिनिधिसभा दुई साता पर धकेलिएको छ। भने माघ ३ गते नै बोलाएको राष्ट्रियसभाको बैठक पनि अनिश्चित कालका लागि स्थगित गरिएको छ।

प्रतिनिधिसभाको बैठक पुस ७ गतेदेखि निरन्तर स्थगित हुँदै आएको छ। प्रतिनिधिसभा बैठक पुस १८, पुस २२ , पुस २८ र पुस ३ गते स्थगित भएको हो। राष्ट्रियसभाको बैठक पनि पुस ५ गतेपछि अनिश्चतकालका लागि स्थगित गरिएको थियो। पछि पुस २५ गते बैठक बोलाइएको थियो। त्यसपछि पुस २७ गते बोलाइएको थियो भने माघ ३ गते बोलाइएको थियो।

प्रकाशित: ३ माघ २०७८ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App