१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनः सभापतिमा डा कोइराला र निधिको उम्मेदवारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि नेपाली कांग्रेसका नेताहरु डा. शेखर कोइराला र विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि आजै सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन गरिसकेका छन्।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। यसअघि उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले पनि मनोनयन दर्ता गराएका थिए।

त्यस्तै सहमहामन्त्रीमा रञ्जीत कर्ण, रामकृष्ण यादव, किशोरसिंह राठौर, कमला पन्त, जीवन परियार, विकास लामा र तेजुलाल चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: २५ मंसिर २०७८ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App