कांग्रेस महाधिवेशनः १६ सय मत खस्यो
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३ः३० बजेसम्म १६ सय मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगनाथ श्रेष्ठले जानकारी दिए। १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३ः३० बजेसम्म १६ सय मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगनाथ श्रेष्ठले जानकारी दिए। १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
यसअघि उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले पनि मनोनयन दर्ता गराएका थिए।
नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोहका बेला हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ।
पार्टीको १३औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो।