१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनः बन्दसत्र सुरु हुँदै, सहमतिको अन्तिम खाकाका लागि कसरत

चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ। बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजे सुरु हुने भनिए पनि ढिला गरी सुरु हुन लागेको हो। आठ बजेका लागि प्रतिनिधिलाई बन्दसत्र हलमा बोलाइएको थियो। बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरेका प्रतिनिधि दिनभर बन्दसत्र सुरु हुने नहुने अन्योलमा बसेका थिए।

बन्दसत्र सारेर अहिले महाधिवेशन अध्यक्षमण्डलको बैठक बसिरहेको छ। बैठकमा केपी शर्मा ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमाथि छलफल भइरहेको छ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहेका छन्। त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहेका छन्। त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा छन्।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सहमतिमै नेतृत्व चयन गरिने भएकाले बन्दसत्र सुरु गर्न समय लागेको बताए। उनले सहमतिको अन्तिम खाका तयार गर्न शिर्ष नेताहरु जुटेको जानकारी दिए।

प्रकाशित: १२ मंसिर २०७८ १४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App