४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय जनगणना २०७८ः उपराष्ट्रपति पुनको परिवारको विवरण संकलन

राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको विवरण संकलन गरेको छ।

बिहीबार राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपतिको सरकारी निवास लैनचौरमा पुगेर उनीसहित परिवारको विवरण संकलन गरेको हो। ‘नेपालको राष्ट्रिय जनगणना २०७८’ आज (बिहीबार) बाट औपचारिक रुपमा सुरु भएसँगै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाको विवरण संकलन गरेको हो। आजबाट देशभर सुरु भएको १२ औँ जनगणनामा ८० वटा प्रश्नहरु समावेश गरिएको छ।

देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना सुरु गरेका छन्। ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि सुरु भएको जनगणना मंसिर ९ गतेसम्म चल्नेछ। देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App