११ भाद्र २०८३ बिहीबार
image/svg+xml

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक बेपत्ता, कुन देशका कति ?

ट्रेकिङ तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६४४ पर्यटक प्रभावित क्षेत्रबाट बेपत्ता भएको पहिचान भएको बोर्डले जनाएको छ।

विपद्को बेला केहि व्यक्तिहरुको गतिविधिले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भयो : ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाहीले विपद्को बेला केहि व्यक्तिहरुको गतिविधिले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत भएको बताएका छन्।

विपत्तिलाई समाचारका रूपमा मात्रै हेरेर नबस्नुस् : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति महानगरपालिका उनीहरूको साथमा रहेको बताएकी छन्।

भोटेकोशी बाढी : उद्धारमा ११ हेलिकप्टर परिचालन, ३०५ जनाको हवाई उद्धार

प्राधिकरणका अनुसार आज बिहान १०:३० बजेसम्म उद्धारका लागि ३७ वटा हवाई उडान भएका छन्। बिहान ११:१५ बजेको विवरणअनुसार ११ वटा हेलिकप्टर उद्धारका लागि परिचालन भइरहेका छन्। यस्तै, आज बिहान जमिनबाट थप ६३ जनाको उद्धार गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी प्रभावित क्षेत्रका लागि वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।

रसुवा भन्सारका १५ कर्मचारीको अवस्था अझै अज्ञात

भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका छन्।

ग्लोबल आइएमई बैंकले बाढी प्रभावितका लागि ५ करोड सहयोग गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाउने भएको छ।

कर्णालीमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

भूकम्पपछि चिनियाँ भूभागतर्फ हिमपहिरो

रसुवाको रसुवागढी सीमा क्षेत्रमा बुधबार दुईवटा भूकम्प गएको र त्यसपछि चिनियाँ भूभागतर्फ हिमपहिरो जाँदा भोटेकोशी नदीमा उच्च गति, बहाव र गेग्रानसहितको आकस्मिक बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ।

भोटेकोशी बाढीः उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन

सरकारले बाढी प्रभावितको उद्धार, खोज तथा राहतका लागि १२ वटा टोली गठन गरेको छ।

राजनीतिक शक्ति एक ठाउँमा उभिएर उद्दार र राहतमा जुटौँ : दाहाल

दाहालले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल र सरोकारवाला निकाय एकजुट भएर खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा जुट्नुपर्ने बताएका छन्।

बाढीपहिरोपछि सर्वदलीय बैठक : उद्धारदेखि पुनर्स्थापनासम्म एकजुट भएर अघि बढ्ने प्रतिबद्धता

बुधबार आएको विनाशकारी बाढी तथा पहिरोपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले विपद् व्यवस्थापन, उद्धार, राहत र पुनर्स्थापनाका लागि राजनीतिक दलहरूबीच सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

भूकम्पपछि हिमपहिरो र पहिरो, नेपाललाई सहयोग गर्न तयार छौँ : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवागढी–केरुङ सीमाक्षेत्रमा आएको भीषण बाढीको प्रारम्भिक कारण नेपालतर्फ गएको भूकम्पपछि हिमपहिरो र त्यसपछि आएको पहिरो हुन सक्ने बताएका छन्।

रसुवा बाढी : एनसेलले एक करोड सहयोग गर्ने घोषणा

रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्