प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रसंघका महासचिव वान कि मुनबीच न्युयोर्कमा भएको छलफलमा मुनले यस्तो धारणा राखेका हुन्।
नेपाल सरकारले सत्य निरुपण तथा मेलिमलाप आयोग बनाउने प्रकृया अगाडि बढाएपछि राष्ट्रसंघबाट आएको यस्तो धारणालाई महत्त्वका साथ हेरिएको छ। गत सातामात्रै मन्त्रिपरिषदले आयोगका लागि चार सदस्यीय समिति गठन गर्ने निर्णय गरेको थियो।
भेटपछि वक्तव्य जारी गर्दै राष्ट्रसंघका महासचिवको सचिवालयले नेपालमा संविधान निर्माण तथा संक्रमणकालीन प्रजातान्त्रिक अवस्थाबारे कुराकानी भएको उल्लेख गरेको छ।
भेटमा महासचिव मुनले राष्ट्रसंघीय शान्ति मिसनमा नेपालीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
प्रधानमन्त्री कोइराला र मुनबीच विकासको प्राथमिकता, जलबायु परिवर्तनका एजेन्डा र आगामी सेप्टेम्बरमा हुन गइरहेको 'क्लाइमेट चेन्ज समिट'बारे कुराकानी भएको थियो।
कोइराला फोक्सोमा दाग देखिएपछि उपचारका लागि अमेरिकामा छन्। न्युयोर्कमा रहेको मेमोरियल स्लोअन केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गरेका छन्।
प्रकाशित: ७ असार २०७१ ००:०१ शनिबार





