१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री भट्टराई शल्यक्रियाकाे लागि अस्पताल भर्ना हुँदै

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज शल्यक्रियाकाे लागि अस्पताल भर्ना हुने भएका छन्। उनी न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि भर्ना हुन लागेका हुन्। उनकाे काठमाडौंस्थित वीर अस्पतालमा डा.सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो।  

उनकाे शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ। यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गराएका थिए। वायोप्सी परीक्षण,सिटि स्क्यान सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए। 

शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो। चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन्।

प्रकाशित: १६ वैशाख २०७८ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App