८ वैशाख २०८१ शनिबार
राजनीति

हाम्रो संघर्ष पद र कुर्सीका लागि होइन विचारको संघर्ष हो : माधव नेपाल

फाइल तस्बिर।

नेकपा एमालेका नेता माधव कुमार नेपालले आफूहरुको संघर्ष पद र कुर्सीको लागि नभएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आफू पक्षीय युवाहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री तथा केपी ओलीविरुद्धको संघर्ष पद र कुर्सीको लागि नभएर पार्टीको लागि भएको जिकिर गरे।

‘हाम्रो संघर्ष पदको निम्ति, कुर्सीको निम्ति होइन कस्तो पार्टी बनाउन चाहिरहेका छौं त्यसको संघर्ष हो, कस्तो कार्यकर्ता तयार गर्न चाहिरहेका छौं त्यसको निम्तिको संघर्ष हो,’ उनले भने, ‘त्यसो भएको हुनाले यो विचारको संघर्ष हो।’

उनले आफूहरुले उठाएका मागहरु नाजायज भएमा आफूहरु शिर निहुराउन तयार रहेको बताए। तर, यदि आफूहरुका माग जायज भए साथ दिनुपर्ने उनको भनाई छ। ‘हामीले उठाएका माग नाजायज छ भने हामी शिर निहुराउन तयार छौं, यदि जायज छ भने तपाईंहरु (सहभागी युवाहरु) ले साथ दिनुपर्छ।

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गरेरे संविधान जोगाएको स्मरण गर्दै नेता नेपालले तर ओलीले भने अहिलेसम्म पनि सुध्रिने लक्षण नदेखाएको बताए। ‘केपी ओली अहिलेसम्म पनि चेतिने कुनै लक्षण देखिँदैन,’ उनले भने।

प्रकाशित: ७ चैत्र २०७७ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App