२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १९:४९ अपराह्न

विभाजन अपजसबाट जोगिन आरोप–प्रत्यारोप

केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। ओलीले नेतृत्व गरेको एमालेबाट अलग भएका नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन्।

एमाले विभाजन हुनुमा ओली जिम्मेवारः माधव नेपाल

सोमबार चन्द्रागिरी रिसोर्टमा बसेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले ओलीकै कारण पार्टी विभाजन हुनुपरेको आरोप लगाए।

एमाले विभाजन प्रक्रिया: पुरानै कमिटीका आधारमा सनाखत

निर्वाचन आयोगले एमालेको पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिने भएपछि पार्टी विभाजन प्रक्रियामा रहेका नेपाललाई फाइदा हुने भएको छ। एमाले अध्यक्ष ओलीले गत साता २०३ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर २६० सदस्यीय पुर्‍याई अद्यावधिक गर्न आयोगमा विवरण पठाएका थिए।

कर्णालीमा एमाले विभाजनको असर

नेकपा एमाले विभाजनसँगै त्यसको असर कर्णाली प्रदेश सभासँगै तल्लो तहसम्म देखिएको छ। कर्णालीलाई तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रभाव क्षेत्रको रूपमा हेर्ने गरिन्थ्यो। कर्णालीका १० जिल्लामध्ये सात जिल्लाका अध्यक्ष नेपाल समूहमा थिए। नेपालले पार्टी विभाजन गरेपछि भने लामो समय उनीसँग रहेका जिल्ला अध्यक्षहरूले साथ छोडेका छन्।

'एमालेको एकतालाई हरहालतमा जोगाऔं, सहयात्री नेतालाई निष्कासन गरे पार्टी विभाजन हुन्छ'

नेकपा एमालेका नेता विष्णु रिजालले पार्टीका नेताहरूलाई स्पष्टीकरणमाफर्त कारबाही प्रक्रिया अघि बढाएर एमालेलाई विभाजन गर्न खोजिएको बताएको छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत माधव नेपाल पक्षका नेता रिजालले प्रतिनिधिसभा विघटनपछि भएको सडक आन्दोलनका घटनाक्रमहरूलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरूलाई स्पष्टिकरणमाफर्त कारबाही सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा भएको बताएका हुन्।

एमालेले माधव नेपालसहित चार नेतालाई स्वकीय सचिवमार्फत स्पष्टीकरण पत्र पठायो

नेकपा एमालले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चार जना नेताहरुलाई स्पष्टीकरण पत्र दिइएको जानकारी दिए।

ओली र प्रचण्डले चलाएको जहाज दुर्घटनाग्रस्त भयो अब युवाहरु पाइलट बन्नुपर्छ : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको नेतृत्व अब युवाहरुले गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा माधव नेपाल पक्षीय युवाहरुले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले अब युवाहरुले पार्टीको नेतृत्व गरेमा मात्र गन्तव्यमा पुग्न सकिने बताए।

हाम्रो संघर्ष पद र कुर्सीका लागि होइन विचारको संघर्ष हो : माधव नेपाल

नेकपा एमालेका नेता माधव कुमार नेपालले आफूहरुको संघर्ष पद र कुर्सीको लागि नभएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आफू पक्षीय युवाहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री तथा केपी ओलीविरुद्धको संघर्ष पद र कुर्सीको लागि नभएर पार्टीको लागि भएको जिकिर गरे।

१७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल पक्षीय भेला सकियो, ओलीविरुद्ध दृढताकासाथ लड्ने निष्कर्ष

नेकपा एमालेको माधव नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेला विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ। बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि भएको छलफलपछि आएका सुझावसमेत समेटेर १७ बुँदे प्रस्ताव पारित गरिएको हो।

हामी भेलामा व्यस्त छौं, ओलीले बोलाएको संसदीय दलको बैठकमा जान सक्दैनौं : योगेश भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष नजाने भएको छ। आजदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलन नेता योगेश भट्टराईले आफूहरु भेलामा व्यस्त हुने भएकाले भोलिको संसदीय दलको बैठकमा जान नसकिने बताए।

मदन भण्डारी फाउन्डेसनको नामबाट गुटको सुरुवात गर्ने केपी ओली हो : माधव नेपाल

नेकपा एमालेका नेता माधव कुमार नेपालले गुटको सुरुवात प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाएका छन्। बुधबार ललितपुरको सानेपामा सुरु भएको आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्नै नेता नेपालले मदन भण्डारी फाउन्डेसनको नामबाट ओलीले गुटको सुरुवात गरेको बताए।

ओलीले हामीलाई दिएको पीडा कहिल्यै बिर्सन सक्दैनौं : अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण आफूहरुले धेरै पीडा भोग्नुपरेको बताएकी छन्। बुधबार ललितपुरको सानेपामा सुरु भएको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्तालाई सम्बोधन गर्नै नेतृ शाक्यले ओली कारण आफूहरुले पाएको पीडा कहिल्यै भुल्न नसक्ने बताइन्।

क्याबिनेटदेखि आयोगसम्म आफ्ना गुटका मान्छेलाई राखेर ओलीले एक्लौटी गर्नुभयो : झलनाथ खनाल

नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी गरेकाले समस्या उब्जिएको बताएका छन्। ललितपुरको सानेपामा सुरु भएको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्तालाई सम्बोधन गर्नै नेता खनालले कम्युनिस्ट नेतृत्वको सरकारलाई महत्वपूर्ण अवसर प्राप्त भएपनि ओलीका कारण पूरा गर्न नसकिएको बताए।

ओलीले एमाले विभाजन गर्न खोजेको बामदेव गौतमकाे आरोप

नेकपा एमालेका नेता बामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले ओलीको व्यवहार पार्टी एकताको पक्षमा नरहेको बताए।

'भेलाबाट ओलीका गुटगत गतिविधि र पार्टी विभाजनको प्रयासलाई आधारभूत तहसम्म पुर्‍याउछौं'

नेकपा एमाले (माधव नेपाल) समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको प्रयास गरेको निष्कर्ष निकालेको छ। नेपाल समूहका तर्फबाट मंगलबार नेता योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा ‘बैठकमा नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेको’ उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्