७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीले हामीलाई दिएको पीडा कहिल्यै बिर्सन सक्दैनौं : अष्टलक्ष्मी शाक्य

फाइल तस्बिर।

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण आफूहरुले धेरै पीडा भोग्नुपरेको बताएकी छन्। बुधबार ललितपुरको सानेपामा सुरु भएको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्तालाई सम्बोधन गर्नै नेतृ शाक्यले ओली कारण आफूहरुले पाएको पीडा कहिल्यै भुल्न नसक्ने बताइन्। आफूहरुले ओलीलाई सच्याउनको लागि विभिन्न प्रयास गरेपनि ओलीले उल्टो आफूसरहका नेतारुहलाई अपमान गर्ने काम गरेको उनको भनाई छ।  

‘हामीहरुले एक ठाउँमा बस्दाखेरी धेरै पीडाहरु सहनु परेपनि उहाँ सच्चिनुहुन्छ कि भनेर चुप लागेर बस्यौं। केपी ओली पार्टी अध्यक्ष हो, प्रधानमन्त्री हो उहाँ सच्चिनुहुन्छ कि भनेर हामीले धेरै मिहिनेत गर्‍यौं, धेरै दुःख गर्‍यौं, धेरै छलफलका लागि प्रयास गर्‍यौं तर उहाँ सच्चिनुभएन,’ शाक्यले भनिन्, ‘उल्टै आफू सहरका नेताहरुलाई अपमान गर्ने काम गर्नुभयो। हामीले यो बीचमा जे जस्तो पीडा भोग्यौं कम्युनिस्ट पार्टीमा लागिरहँदा, त्यसको लिपिबद्ध त होला तर त्यो पीडा हामी कहिल्यै पनि बिर्सन सक्दैनौं।’

उनले कोरोना भाइरसको महामारीमा जनताहरु पीडामा रहेका बेला ओली सरकार भ्रष्टाचारमा लागेको समेत आरोप लगाइन्। ओलीले जनतामा पीडामाथि पीडा थपेर आफूहरुको शिर निहुराउने काम गरेको उनको दाबी छ। ‘जनताले नेकपालाई विश्वास गरेर नै सबै तहमा वर्चस्व कायम राख्न सक्यौं। तर, जनताको चाहना र भावनामाथि हामीले के मलम लगाउन सक्यौं त? आज प्रश्न उठिरहेको छ,’ उनले भनिन्।

ओलीले गुटको भेला तथा विधान मिच्न नहुने उनको भनाई छ। ‘उहाँले गुटको भेला गर्नुहुन्न, विधानलाई मिच्न पाउनुहुन्न,’ उनले भनिन्।

प्रकाशित: ४ चैत्र २०७७ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App