एमालेको सचिवालय बैठक सुरु
नेकपा एमालेको पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार बैठक सुरु भएको हो।
नेकपा एमालेको पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार बैठक सुरु भएको हो।
नेपाल कम्युनिष्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छिन्।
राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।
नेपालको राजनीतिक परिवर्तनका लागि सबैको योगदान महत्वपूर्ण भएकाले राजनीतिक स्थायित्वको जिम्मेवारी पनि स्वयम् राजनीतिक दलले लिनुपर्नेमा जोड दिइन्।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्। प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन्।
मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेकी थिईन्। सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेकी थिईन्।
हाल १ सय ९ सांसद रहेको बागमती प्रदेशमा बहुमतसहित ५६ सांसद रहेको नेकपा एमाले फुटेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन्।
गत कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकाले दलगत रुपमा प्रदेशसभाका सदस्यले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाको आइतवारको बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेकी छिन्।
प्रस्ताव पेश गर्दै उनले आफुले प्रतिनिधित्व गर्ने दल नेकपा(एमाले) विभाजन भएकाले संविधानको धारा ८८ को उपधारा २ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेश गरेको उल्लेख गरिन्।
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छन्।
बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन्।
प्रदेश राजधानी हेटौंडामा आइतबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले विगतमा विपक्षी पार्टीहरुसँगको राम्रो सम्बन्धका कारण समझदारीको प्रयास गरिने बताईन्।
‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘पार्टी दर्ता भएको २१ दिनभित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ। त्यो समय भित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो।’
पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहोराले पाइन्। यो एमाले कार्यकर्ता, महिलावादी अनि सबै नेपालीका लागि खुसीको कुरा हो।