१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

बदेलको आक्रमणबाट वृद्धको मृत्यु

दैलेखको भैरवी गाउँपालिका–६ कुर्माकोटमा जंगली बदेलको आक्रमणबाट ७७ वर्षीय प्रदीप सिंहको मृत्यु भएको छ।

सोमबार दिउँसो सिंह आफ्नै घर नजिकै करिब ५० मिटर टाढा रहेको जंगलमा बाख्रा चराउन गएका थिए। त्यहाँ अचानक बदेलले आक्रमण गर्दा उनको दाहिने खुट्टा, बायाँ हात, ढाड र गुप्ताङ्ग क्षेत्रमा गम्भीर चोट लागेको थियो।

घाइते अवस्थामै परिवारले उनलाई घरमा ल्याए। अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल लैजान तयारी भइरहेको थियो। तर अस्पताल लैजाने क्रममा नै सिंहको आफ्नै घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाहरूले जंगली जनावरको आक्रमण बढ्दै गएको भन्दै सुरक्षा व्यवस्था र क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित: १२ माघ २०८२ १७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App