१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओलीले एमाले विभाजन गर्न खोजेको बामदेव गौतमकाे आरोप

फाइल तस्बिर।

नेकपा एमालेका नेता बामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले ओलीको व्यवहार पार्टी एकताको पक्षमा नरहेको बताए।

ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएर विधान संशोधन गर्ने लगायतका निर्णय गरेर पार्टी विभाजनको बाटो राजेको उनको दाबी छ। उनले पार्टी सर्वोच्चले पार्टी पुनःस्थापना गरिदिएको भएपनि ओलीले त्यसअनुसारको व्यवहार नदेखाएको बताए।

‘पार्टी पुनःस्थापना हुनुको अर्थ नेकपा एमाले ०७५ साल जेठ २ गतेको अवस्थामा पुग्यो। त्यसकारण त्यस बेलाको विधान, केद्रीय कमिटी, त्यो केन्द्रीय कमिटीले बनाएको पोलिटब्युरो, स्थायी कमिटी पुनःस्थापित भएको छ। तर, ओलीले त्यस्तो व्यवहार देखाउनुभएन।’

ओलीले पार्टी कार्यकर्ताको संरक्षण गर्न नसकेको उनको दाबी छ।

विगतमा भएका गल्तीलाई लिएर ओली आफूले आत्मआलोचना गर्नुपर्ने र अरूलाई पनि आत्मआलोचना गर्न लगाएर पार्टीलाई एकतावद्ध बनाएर लिनुपर्ने गौतमको भनाई छ।

उनले अब ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मिलेर नयाँ सम्झौता गर्नुपर्ने पनि बताए।  

प्रकाशित: ३ चैत्र २०७७ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App