नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेतृ भगवती चौधरीले भ्रष्टाचारीलाई जेल चलान गरे केपी शर्मा ओली नेतृत्वको पार्टीले चुनावका लागि एजेन्डै एजेन्डा पाउने बताएकी छन्। शनिबार विराटनगरमा आयोजित ओली समूहको जनसभालाई सम्बोधन गर्दै चौधरीले घुसखोरीलाई खोरभित्र पठाएमा ओली समूहले चुनावका लागि एजेन्डा पाउने बताइन्।
‘हामीले चुनावमा जानको लागि घुसखोरीलाई खोरभित्र गरियो भने एजेन्डै एजेन्डा पाउँछौ,’ उनले भनिन्,‘जसले महिलाको सम्मान गर्न सक्दैन भने त्यो खेमामा गएर हाम्रो के काम?’
उनले महिलाको सम्मान, आदीवासी, जनजाती, मजदुर र स्वरजगारीको विषयमा केपी ओली नेतृत्वको सरकार अडिग रहेको दाबी गरिन्।
प्रकाशित: ८ फाल्गुन २०७७ ०८:४९ शनिबार





