२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली सरकारको निरंकुशताविरूद्ध सडकमा उत्रेकामा कांग्रेसलाई बधाई : डा.भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक आन्दोलनमा उत्रेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बधाई दिएका छन्।

‘ओली सरकारको निरंकुशताल, कुशासनविरुद्ध’ आन्दोलन थालेर विपक्षीको भूमिका निर्वाह गरेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।  

साथै उनले पार्टी एकता समायोजनको काम सकेर आफूहरू पनि सरकारविरुद्ध सडक/सदनमा गर्जिने जानकारी पनि दिएका छन्।  

‘ओली सरकारको निरंकुशता÷कुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ- लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्ता पक्षको र सदन तथा सडकमा विपक्षको अधिकार/कर्तव्य हुन्छ,’ डा. भट्टराईले ट्विट गरेका छन्, ‘अब सदन बोलाउन पहल गरौं। जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक/सदनमा गर्जन्छ।’

यो पनि पढ्नुहोस्

सरकारविरुद्ध कांग्रेस सडकमा

प्रकाशित: २९ मंसिर २०७७ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App